काठमाडौं–तराईमा व्याप्त दाइजो प्रथासम्बन्धी चलचित्र ‘भोर’ को मंगलबार विशेष शो गरिएको छ ।


ADVERTISEMENT


राजधानीको जय नेपाल हलमा गरिएको विशेष शोमा एमाले नेता माधव नेपाल राजपा नेता राजेन्द्र महतो, नयाँ शक्तिकी नेत्री हिसिला यमीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


चलचित्र हेरिसकेपछि एमाले नेता माधव नेपालले तराईमा दाइजोको समस्या अझैं रहेको भन्दै त्यसलाई उन्मुलन गर्नुपर्नेमा जोड दिए ।

चलचित्रले दाइजोसम्बन्धी समस्यालाई सशक्त ढंगले उठाएको पाएको प्रतिक्रिया दिँदै नेपालले यो समस्याको समाधानका लागि राज्य गम्भीर ढंगले लाग्नुपर्नेमा जोड दिए ।

यस्तै राजपा नेता राजेन्द्र महतोले बलियो कानून भएपनि प्रशासन चुस्त बन्न नसक्दा दाइजो प्रथा कायमै रहेको बताए ।

चलचित्र ‘भोर’ बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

निर्देशक यादव भट्टराईले मधेसको निकै दर्दनाक कथामा चलचित्र बनाएको बताए । उनले करीब १ वर्ष लगाएर चलचित्र बनाएको भन्दै मधेसमा भाइरसको रुपमा रहेको दाइजो प्रथा चिर्नको लागि चलचित्र बनाएको बताए ।

चलचित्रमा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा, डोली सरकार लगायतको अभिनय देख्न सकिनछ ।