काठमाडौं–निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा केहीबेर घम्साघम्सीसमेत भएको थियोे ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुसहित विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले अविलम्ब शुल्क नघटाए शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए ।

शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आगामी १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।