काठमाडौं– नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले गर्दै आएको एसटीसी युनीयन पे काडको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।


ADVERTISEMENT


यहि असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एसटीसी युनीयन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।


ADVERTISEMENT

# # #


एसटीसी ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एसटीसी युनीयन पे २० र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टर कार्ड तथा डिसकभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १ सय भन्दा बढी सहकारी संस्थाहरू मार्फत एसटीसी युनीयन पे कार्ड जारी गर्दै आइरहेको छ । विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।