काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ ।


ADVERTISEMENT


शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् । नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।

गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको हो । – आजको नेपाल समाचारपत्रबाट