काठमाडौं–चुनावमा भएको हारको समिक्षा गर्न भन्दै चैत ९ गते देखि चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम चरणमा पुगेको छ । एकमहिना लगाएर बसेको बैठकमा ६६ जना केन्द्रीय सदस्यले निर्वाचनको समिक्षा गर्दै चुनावी हारको बिषयमा आफ्ना धारणा र सवाल राखेका थिए ।


ADVERTISEMENT


सभापति शेरबहादुरले आज उनीहरुका प्रश्नको सम्बोधन गर्ने छन् । सभापति देउवा सहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवले पनि आज केन्द्रीय समितिमा जवाफ दिने प्रवक्ता विश्वप्रकाश शर्मालाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


पदाधिकारी बोल्नु अघि गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले आफ्ना धारणा राख्ने छन् । ‘अब केन्द्रीय समिति बैठक अन्तिम चरणमा प्रवेश गरेको छ । आजै सभापति सहित पदाधिकारीहरुले वैठकमा उठेका प्रश्नको जवाफ दिनुहुने छ । त्यसपछी महामन्त्रीले निर्णय गर्ने विषय प्रस्ताव गर्नुहुन्छ,’ प्रवक्ता शर्माले भने ।

केन्द्रीय समितिमा बोलेका रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले नेतृत्वका कारण चुनाव हारिएको भन्दै सभापतिको आलोचना गरेका थिए । कतिपयले शीघ्र महाधिवेशन हुनुपर्ने माग गरेका थिए । केही यूवा नेताहरुले चुनावी हारको गहिरो समिक्षा गर्दै सिद्धान्त र रणनीति नै परिवर्नन नगरि कांग्रेस सुधार नहुने धारणा राखेका थिए । पुराना पुस्ताका नेताहरुले अभिभावक बनेर बस्न र नयाँ पुस्तालाई पार्टी सञ्चालन गर्न दिन पनि उनीहरुले सुझाएका थिए ।

देउवापक्षका नेताहरुले वामगठबन्धन र पार्टीभित्रको अन्तरघातका कारण चुनाव हारिएको धारणा राखेका थिए । रिक्त पदहरु नियुक्ति गर्न,महासमितिमार्फत विधान संसोधन गरेर संविधान अनुसार पार्टी संरचना निर्माण र विभागहरु गठन गर्नुपर्ने धारणा देउवापक्षका नेताहरुले राखेका थिए ।