काठमाडौं–सरकारले गठन गरेको छानबिन समितिको बयानकै क्रममा सम्पर्क बाहिर रहेका प्रहरीका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् । डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ ।


ADVERTISEMENT


समितिको आग्रहमा बुधबार मात्र प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको थियो । सम्पर्क बाहिर जाँदा प्रहरीलाई पक्राउ गर्न आदेश गरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त कुरा बाहिर आएपछि राउत बिहिबार आफैं उपस्थित भएको स्रोतले बतायो ।

३३ किलो सुन तस्करी भएको आशंकामा समितिले अहिलेसम्म २० र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् ।