गर्मी मौसममा सौन्दर्यलाई बचाइराख्नु चुनौतीपूर्ण विषय हो । चर्को घामले छाला डढाउनेदेखि धुवाँ–धुलोले दिक्क बनाउनेसम्मका समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो मौसममा आफ्नो सौन्दर्य बचाइराख्न विभिन्न क्रिमको प्रयोग गरिन्छ । यद्यपि, काँक्राको प्रयोगले पनि सौन्दर्यलाई कायम राख्न सकिन्छ । यस्तो छ काँक्राको प्रयोग विधि :


ADVERTISEMENT


डार्क सर्कल


ADVERTISEMENT

# # #


आँखाले पनि हाम्रो अनुहारको सौन्दर्यमा गहिरो भूमिका खेल्छ । आँखामा हुने डार्क सर्कल, लर्जीलगायतका समस्याले अनुहारलाई कुरूप बनाउँछ । आँखामा भएको डार्क सर्कललाई हटाउन काँक्रा महत्वपूर्ण साबित हुन्छ ।

यसका लागि काँक्रालाई गोलाकार रूपमा काटेर आँखामाथि २० मिनेटसम्म राख्न सकिन्छ । काँक्रामा भएको एन्टिअक्सिडेन्ट र सिलिका नामक तत्वले अनुहारलाई शीतलता पनि प्रदान गर्छ ।

क्लिन्जरको काम

गर्मी मौसममा चर्को घामको किरणले अनुहारको छाला डढाएर कालो बनाउने समस्या पनि हुन्छ । यस्तो अवस्थामा अनुहारमा निखार ल्याउन काँक्राको रस र कागतीको रस मिलाएर लगाउन सकिन्छ, जसले क्लिन्जरको काम गर्छ ।

टेनिङमा असर

घामको चर्को किरणका कारण अनुहारको टेनिङमा समेत समस्या ल्याउँछ । यस्तो समस्या समाधानका लागि पनि काँक्राको प्रयोग गर्न सकिन्छ । त्यसका लागि काँक्रालाई पिसेर त्यसमा कागतीको रस मिसाई १५ मिनेटसम्म अनुहारमा लगाउन सकिन्छ । त्यसपछि चिसो पानीले सफा गर्नुपर्छ । जसले अनुहारको कालोपन हटाउन सहयोग पु-याउँछ ।

चम्किलो अनुहार

अनुहारलाई सफा र चम्किलो बनाउनमा पनि काँक्राको भूमिका हुन्छ । यसका लागि अनुहारमा काँक्राको रस लगाउन सकिन्छ । जसले अनुहारको छालामा निखार ल्याउँछ । यस्तो गतिविधि दैनिक रूपमा गर्दा राम्रो हुन्छ ।