काठमाडौं– अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।


ADVERTISEMENT


यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका छन्।


ADVERTISEMENT

# # #


भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका :

Google Play Store बाट My DishHome App डाउनलोड गर्नुहोस्।

दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।

होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको ‘Privilege Card’ आइकनमा क्लिक गर्नुहोस्।

डल्ले रेस्टुरेन्टमा उक्त कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

विशेष सुविधा :
डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै शाखामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट प्राप्त गर्न ग्राहकहरूले ‘माइ डिशहोम एप’ मार्फत प्राप्त भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर श्री आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर श्री आदित्य भट्टराई बीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरिएको हो।

डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत देशभरका विभिन्न रेस्टुरेन्ट, पसल तथा सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गरी ग्राहकहरूलाई डिजिटल सुविधा र मूल्यवृद्धि सेवाहरू प्रदान गर्दै आएको छ।