काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन् ।
आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पूरा गरेका हुन् । उनले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । हर्क साम्पाङले माटो चूनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताए ।
उनले देशमा अप्ठेरो काम गर्न आफु आएकाले अब देशलाई अघि बढाउन आफूले भूमिका खेल्ने जिकिर गरे । जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफू काठमाडौं आएपनि जेनजी भित्रको विवादले आफु धरान फर्किएको उनको भनाइ छ ।



























































