काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।


ADVERTISEMENT


आज लक्ष्मी पूजाका दिन सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।


ADVERTISEMENT

# # #


तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ हलचोकबाट देखिएको काठमाडौँमा बत्तीको झिलिमिली ।

विशेषगरी काठमाडौँ उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरिएका छन् ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाँड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली।

तिहारको लक्ष्मी पूजाको दिन सोमबार साँझ देखिएको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्रमा बत्तीको झिलिमिली ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिरमा दीप बाल्दै सर्वसाधारण ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली ।

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोनबाट देखिएको काठमाडौँ उपत्यकामा बत्तीको झिलिमिली ।

सबै तस्बिर : रासस