काठमाडौं – सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, “कुनैपनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसिंह नगरपालिका–५ निवासी ३० वर्षीय रेवन्त विष्ट काठमाडौँमा डेरा गरी बस्दै आएकामा केही दिनदेखि वेपत्ता भएको बताए । उनले प्रहरीमा उजरी दिँदा पनि खोजी नभएको उल्लेख गर्दै खोजी गर्न सरकारसमक्ष आग्रह गरे ।

सांसद साजिदा खातुन सिद्धिकाले बाल अधिकार संरक्षणमा सरकारको धयानाकर्षण गराए । सांसद राजेन्द्रकुमार राईले खेत रोप्ने बेलामा किसानले मल नपाएको बताए । सांसद रञ्जु न्यौपानेले पछिल्लो समय साइबर अपराध बढ्दै गएको भन्दै साइबर ब्यूरोलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरिन ।

सांसद निश्कल राईले चिया र सुपारीखेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले भने, “दूध किसानले दूधको मूल्य नपाएको ६ महिना भयो, दूधको मूल्य उपलब्ध गराउन सरकारसँग आग्रह गर्नछु ।” सांसद जोककुमार बरबरिया यादवले जल, जमिन, जङ्गल र चुरे संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद क्षितिज थेबेले सरकारले ताप्लेजुङको फुङ्लिङ बजार र सुकेटार सडक खण्डमा पर्ने घर घहरा अटाउने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै टहरामा बस्दै आएकाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद मोहम्मद फिरदोश आलमले बिहीबार बिहान रौतहटका दीपनारायण राउतकी श्रीमतीको अज्ञात समूहले हत्या गरेको उल्लेख गर्दै दोषी पत्ता लगाई कडा कारवाही गर्न माग गरे।