काठमाडौं– जेनजी युवाहरुले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरुबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नविर्सन खवरदारी गर्न भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
शहीद र घाइतेका लागि पनि युवाहरु एकताबद्ध हुनुपर्ने उनीहरुको भनाइ छ । त्यस्तै उनीहरुले जेनजीको नाम बद्नाम गर्ने प्रयास भएकाले सवै युवाहरु सहज हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
जेनजी युवाहरुले रगतले देखिएको इतिहास–अब कर्मले पुरा गरौ, शहीदको रगत खेर नजाओस, जेनजी युनाइटेड देशका घाउहरु हाम्रो जिम्मेवारी लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




























































