काठमाडौं – टी.एन. आचार्य वित्त विज्ञ जलविद्युत् उद्यमी तथा संस्थागत नेतृत्वकर्ता हुन् । उनीसँग वित्त, पूर्वाधार तथा ऊर्जा विकास क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । छथर जोरपाटी गाउँपालिकामा, धनकुटा जिल्लामा जन्मीएका उनी महेन्द्र बहुमुखी क्याम्पसबाट बी.कम. अध्ययन गरी क्याम्पस टपर बनेका थिए । सन् २००३ मा उनले Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका हुन् ।
हाल उनी Vision Energy & Power Ltd का कार्यकारी अध्यक्ष हुन्, जसले ५७.५ मेगावाट क्षमताको Nupche Likhu Hydropower Project विकास गरिरहेको छ। उनी छ्याङ्गदी जलविद्युत (माथिल्लो) (४ मेगावाट) र छ्याङ्गदी जलविद्युत (२ मेगावाट) मा निर्देशक रहिसकेको र हाल यी आयोजनामा सक्रीय रूपमा संलग्न छन् ।
उनी Isuwa Khola (९७.२ मेगावाट), Khimti II (४८.८ मेगावाट), Upper Kalanga Gad (३८.४६ मेगावाट), Super Nyadi (४०.२७ मेगावाट), Tamor Khola-5 (४६.९ मेगावाट), Luja Khola (२४.८८ मेगावाट), Upper Myagdi (३७ मेगावाट), Palun Khola (२१ मेगावाट), Madame Khola (२४ मेगावाट), Hidi Khola (६.८२ मेगावाट), Kalanga Gad (१५.३३ मेगावाट), Shyam Khola (७.२ मेगावाट), Upper Sanigad (१०.७ मेगावाट), Upper Piluwa (४.७२ मेगावाट), Super Chepe (९.०५ मेगावाट), Siddhi Khola (१० मेगावाट) तथा Phedikhola (४.३ मेगावाट) लगायतका परियोजनामा सक्रिय रूपमा संलग्न छन् ।
वित्तीय संरचना निर्माण, परियोजना परामर्श, लेखापरीक्षण तथा लगानी व्यवस्थापनमा उनको बलियो दक्षता रहेको छ। T. N. Acharya & Co. मार्फत उनले विभिन्न बैंक, सार्वजनिक संस्था तथा विकास संगठनहरूलाई परामर्श सेवा पनि प्रदान गरेका छन् ।
उनी नेपाल विद्युत् प्राधिकरण, नेपाल वायु सेवा निगम, नेपाल दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोषका सञ्चालक समितिमा सदस्यका रूपमा सेवा गरिसकेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा पार्षद सदस्य हुनुका साथै नेपाल लेखापरीक्षणमान बोर्डमा सदस्यको रूपमा काम गरेका छन् । हाल उनी Independent Power Producers’ Association, Nepal निर्वाचित कार्यकारी समिति सदस्य पनि हुन् ।
व्यावसायिक जीवनबाहेक उनी लेखक, गीतकार, फिल्म निर्माता तथा सामाजिक चिन्तक पनि हुन्। जलविद्युत्, सुशासन तथा राष्ट्रिय विकासका विषयमा उनी नियमित रूपमा लेखन तथा विचार प्रस्तुत गर्छन। उनी संस्थागत विकास, व्यावसायिक निष्ठा तथा सामूहिक नेतृत्वमार्फत दिगो विकासमा विश्वास राखेकको बताउँछन् ।


























































