काठमाडौँ – नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरुले जेन–जी रेडफोर्स गठन गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेन–जी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।
पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन लगायत रहेको जानकारी दिइन्।
भ्रष्टाचार विरोधी अभियानका लागि सबै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरुको सम्पती छानबिन गर्नुपर्ने उनले बताइन् । तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।
उनले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगाएत आफुहरु एजेण्डा रहेको बताइन् ।
तिमल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतङ्कवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरुले जेन–जीहरुलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको आशंका गरे ।


























































