काठमाडौं– कारोबार हुने साताको पहिलो दिन आइतबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.१९  अंकले बढेर दुई हजार ५०९.०४ को बिन्दुमा बन्दा भएको छ ।


ADVERTISEMENT


विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।


ADVERTISEMENT

# # #


एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ ।