काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् ।


ADVERTISEMENT


जनगुनासो ज्यादै सुनेपछि नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन बिग्रिन्छ ?’ उनले टेलिकमको सबै प्रगति विवरण सुने ।


ADVERTISEMENT

# # #


त्यसपछि उनको सटिक टिप्पणी थियो, ‘अल्छी कर्मचारीलाई सरकारले कडाइ गर्छ।’

शुक्रबार राजभण्डारीसहितको उपस्थितिमा प्रकानमन्त्री ओलीले टेलिकमको प्रगति विवरण सुनेका थिए ।

प्रधानमन्त्रीले थपे, ‘जति गुनासा छन्, आजैदेखि अन्त्य गर्नुस् । सरकारले अब त्यस्तो प्रवृत्ति सहेर र टुलुटुलु हेरेर बस्दैन।’ टेलिकमको सेवामा बारम्बार समस्या आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले सेवा विस्तार भए पनि सुविधा विस्तार नभएको टिप्पणी गर्दै भने, ‘सेवा गुणस्तरीय हुनुपर्छ। जनताले स्तरीय सेवा पाउनुपर्छ।’

गुणस्तर सुधारका लागि प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधकि शाखाहरूमा २४ घण्टा कर्मचारी खटाउन निर्देशन दिए। – आजको राजधानी दैनिकबाट