काठमाडौं–आर्थिक वर्ष २०७३/७४ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपाली बाहिरिएका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् ।


ADVERTISEMENT


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएका अनुसार ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० पूर्वस्वीकृति लिएर विदेश भासिएका छन् ।


ADVERTISEMENT

# # #


रोजगार अनुमति प्रणाली (इपिएस) भएर पनि यो अवधिमा नेपालीहरु विदेश पुगेका छन् । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार, ईपीएस परीक्षा उत्तीर्ण पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् ।

चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना नेपाली मलेसिया पुगेका छन् । यो संख्या नेपालीले अनुमति पाएको मुलुकको सबैभन्दा धेरै हो । कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।