काठमाडौं–सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ ।


ADVERTISEMENT


मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा पाँच हजार हुनुपर्ने तोकको छ ।


ADVERTISEMENT

# # #


यसै गरी व्यापारिक कारोबारमा प्रत्यक्ष्य असर पर्ने वा व्यक्तिगत फाइदा लिने हेतुले राजनीतिक दल, दलका नेतालाई चन्दा दिन नपाउने नियम मस्यौदामा राखिएको छ ।

यसैगरी निजी क्षेत्रले व्यावसायिक पारदर्शितालाइ बढवा दिनुपर्ने, कृत्रिम अभाव हुने गर्ने क्रियाकलापमा संलग्न हुन नहुने, विशेष कारणवश अभाव हुन गएमा अनुचित मूल्य राखेर व्यावसाय नगर्ने सदाचार नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी उधारो लिएको रकम या कर्जाको सदुपयोग गर्नुपर्ने, आम जनताको स्वास्थ्यमा प्रतिकूल हुनेगरी कार्य गर्न नपाउनेलगायतका नियम मस्यौदामा राखिएको छ । – आजको नागरिक दैनिकबाट