काठमाडौं–साउदी अरबको खेल प्रशासनले रेसलिङको प्रसारणको क्रममा ‘कम कपडा लगाएकी’ महिला रेसलर देखाएकोमा माफी मागेको छ । जेद्दाहमा वर्ल्ड रेसलिङ इन्टरटेन्मेन्ट (डब्ल्यूडब्ल्यूई) को ‘ग्रेटेस्ट रोयल रम्बल’ कार्यक्रमका बेला उक्त घटना भयो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा कुनै पनि महिला रेसलरलाई भाग लिने अनुमती दिइएन तर एक प्रोमोशनल भिडियोमा महिला रेसलरकोको उपस्थितीको प्रसारण भयो । उक्त प्रोमोशनल भिडियो फाइटको क्रममा एरिनामा राखिएको विशाल टेलिभिजन स्क्रिनमा देखिएको हो । त्यसलगत्रै सरकारी च्यानलले तुरुन्तै यसको प्रसारणमा रोक लगाएको थियो ।


ADVERTISEMENT

# # #


साउदी अरबको सामान्य स्पोर्टस् अथोरिटीले प्रसारण गरेको उक्त दृश्यलाई ‘अभद्र’ बताउँदै खेद प्रकट गरियो ।साउदी अरबमा रेसलिङ कार्यक्रमको आयोजना होला भन्ने त्यहाँका मानिसहरुको सोच बाहिरको कुरा भएको अरब मामलाका बीबीसीका सम्पादक सबेस्टियन अशर बताउँछन् ।

उनका अनुसार तर पछिल्लो एक दुई वर्षमा यस्तो मनोरञ्जनात्मक गतिविधी साउदी अरब भित्रियो र यस वर्ष पहिलो पटक यहाँ यसको आयोजना भयो । यद्यपी, महिला रेसलर्सको प्रोमोशनल फिल्म साउदी च्यानलमा प्रत्यक्ष प्रसारण भएपछि यसले स्थानीयको भावनालाई ठेस पुर्याएको उनको जिकिर छ ।

‘साउदी टेलिभिजनले उक्त प्रसारणलाई तुरुन्त बन्द गरे पनि यसले सोसल मिडियामा कट्टर साउदी जनताको आलोचना झेल्नुपर्यो ,’ उनी भन्छन् ।

लोकप्रिय छ रेसलिङः

उक्त प्रसारण पश्चात् डब्ल्यूडब्ल्यूइले आलोचना खेप्नुपरेको थियो । उक्त कार्यक्रमका लागि ६० हजार सिट भएको किंग अब्दुल्ला स्पोर्टस सिटि स्टेडियम पुरुष, महिला र बच्चाहरुले भरिएको थियो । यद्यपी, पार्टनरसहित गएका महिलाले मात्र स्टेडियममा प्रवेश पाएका थिए ।

उक्त फाइटलाई साउदी जनरल स्पोर्टस अथोरिटीले प्रायोजन गरेको थियो, जसले डब्ल्यूडब्ल्यूईसँग करार गरेको छ । रेसलिङ मध्यपूर्वमा निकै लोकप्रिय छ । डब्ल्यूडब्ल्यूईको एक अरबी वेबसाइट पनि छ जसले अन्य देशमा पनि खेलको आयोजना गर्ने गर्छ ।

साउदीका युवराज मोहम्मद बिन सलमान देशमा सुधार ल्याउन कस्सिएका छन् । उनले महिलालाई ड्राइभिङ गर्न र सेनामा समावेश हुन अधिकार दिएका छन् ।