विर्तामोड – नेकपा एमाले निकट युवा संघ नेपाल झापा जिल्ला कमिटी पुनर्गठन भएको छ ।


ADVERTISEMENT


विर्तामोडस्थित एमाले पार्टी कार्यालयमा शनिबार आयोजित जिल्ला कमिटीको पूर्ण बैठकले युवा संघको झापा जिल्ला कमिटी पुर्नगठन गरेको हो । तत्कालीन झापा अध्यक्ष त्रिलोचन सापकोटा हालै युवा संघको केन्द्रीय सदस्यमा मनोनित भएपछि जिल्ला कमिटी पुनर्गठन भएको हो ।


ADVERTISEMENT

# # #


शम्भु भण्डारीको संयोजकत्वमा युवासंघ नेपाल जिल्ला कमिटी पुनर्गठित भएको छ । पुनर्गठित कमिटीको सहसंयोजकमा नविन इजम, सचिवमा सुमनध्वज थापा, सहसचिवमा बिकाश गिरी र कोषाध्यक्षमा सागर पोर्तेल चयन भएका छन् । जिल्ला कमिटी सदस्यहरु भने यथावत रहेका छन् ।

बैठकमा युवा इन्चार्ज मणी भण्डारी, केन्द्रीय सचिवालय सदस्यहरु दुर्गा गौतम र बाशु नेपाल तथा केन्द्रीय सदस्य पर्वतराज भण्डारी, त्रीलोचन सापकोटा, पर्वत मगर र प्रत्युस रानाको उपस्थिति रहेको थियो । त्यस्तै, १ नम्बर क्षेत्रीय इन्चार्जमा राजु धिमाल, २ नम्बर क्षेत्रीय इन्चार्जमा दिपक दुलाल, ३ नम्बर क्षेत्रीय इन्चार्जमा हर्क तामाङ, ४ नम्बर क्षेत्रीय इन्चार्जमा अग्नि कार्की र ५ नम्बर क्षेत्रीय इन्चार्जमा तीर्थ नेपाल चयन भएका छन् ।

केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का प्रदेश संगठन कमिटी प्रमुख पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा केन्द्रीय सचिव राजु कार्कीको बिशिस्ट आतिथ्यमा जिल्ला कमिटी पुनर्गठन भएको हो ।

बैठकले हालै केन्द्रीय कमिटीमा मनोनित हुने पदाधिकारीलाई बधाई तथा शुभकामना समेत दिएको थियो । नवगठित कमिटीका संयोजक शम्भु भण्डारीले प्रतिबद्धता मन्तव्य राखेका थिए ।