काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरी, चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।


























































