विराटनगर–साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् ।


ADVERTISEMENT


उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो ।


ADVERTISEMENT

# # #


यसअघि फागुन १८ मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगर पोखरीयामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो । – आजको नेपाल समाचारपत्रबाट