काठमाडौं–निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।


ADVERTISEMENT


९ चैतदेखि पटक–पटक स्थगित हुँदै १३ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले निर्णय लेख्नै तीन दिन लगायो । हारको दोष कसले लिने, महासमिति बैठक कहिले बोलाउने र विधानविपरीतका समिति खारेज गर्ने विषयमा विवाद भएको थियो । आइतबार साँझ भाषागत कुरा मिलेपछि तीनै पक्षका नेताहरू बल्ल सहमतिमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


हारको प्रमुख कारण वाम गठबन्धन र हारको जिम्मा केन्द्रीय समितिले लिने, भदौ मसान्तमा महासमिति बैठक बोलाउने सहमति भएको थियो । सहमतिको विषयमा बोल्दा सभापतिले सबैको सहानुभूति हुने गरी नबोलेको, तर एक्कासि पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने बैठक डाकेपछि पौडेल पक्ष असन्तुष्ट भएको छ ।

‘निर्णयमा सहमति भएपछि सभापतिले बोल्दा सबै साथीहरूको सहानुभूति र सद्भाव बटुल्ने गरी बोल्ने भन्ने थियो तर, यो भाषा बोल्नुभएन,’ असन्तुष्ट एक केन्द्रीय सदस्यले भने, ‘उल्टै बहुमतबाट पेल्ने कुरा गर्नुभयो । यसमा हामीहरूको असन्तुष्टि छ ।’

बैठकको अन्त्यतिर देउवाले सोमबार बिहान निर्वाचित केन्द्रीय सदस्यहरूको मात्र बैठक बोलाएपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । देउवाले बैठकको आह्वान गरेसँगै पौडेलले ‘म भोलि तनहुँ जाने कार्यक्रम छ भनेका थिए’ तर, फ्लोरबाट विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले ‘तपाईं निर्वाचित सदस्य होइन । जान सक्नुहुन्छ ।’ भनेका थिए ।, – आजको नयाँ पत्रिकाबाट