म्यान्चेस्टर–ओल्ड ट्राफोडमा प्रशिक्षकको रुपमा आर्सनल वेंगरको अन्तिम खेलमा आर्सनल पराजित भएको छ । मारुएन फेलानीले इन्जुरी समयमा गोल गरेपछि म्यान्चेस्टर युनाइटेड २–१ गोलअन्तरले विजयी भएको हो ।


ADVERTISEMENT


एस्ली यङको क्रसमा गोल गर्दै फेलानीले युनाइटेडलाई जीत दिलाएका हुन् । पाउल पोग्बाको गोलको मद्दतले युनाइटेडले खेलको १६ औँ मिनेटमा अग्रता लिएको थियो । पछिल्ला चार खेलमा उनको यो तेस्रो गोल हो ।


ADVERTISEMENT

# # #


तर, खेलको दोस्रो हाफमा हेनेरिक मिखितारियनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उता, प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले वेस्ट ह्याममाथि ४–१ को विशाल जीत हासिल गरेको छ ।

योसँगै टोलीले प्रिमियर लिगमा यो सिजन सय गोलको कोशेढुंगा पार गरेको छ । एभर्टनपछि सबैभन्दा चाँडो १ सय गोल पूरा गर्ने सिटी दोस्रो टोली बनेको छ । सिटीले ३५ खेलमा यो उपलब्धि हासिल गर्दा एभर्टनले ३२ खेलमा सय गोल पुर्याएको थियो ।

सिटीको जितमा लिरोय साने, पाबलो जाबालेटा, ग्याब्रियल जिसस र फर्नान्डिन्होले १–१ गोल गरे भने आरोन क्रेसवेलले ह्यामरका लागि सान्तवना गोल गरे । जीतपछि सिटीले यो सिजन आफ्नो अंक ९३ पुर्याएको छ । उता, पराजयसँगै वेस्ट ह्याम रेलिगेसन जोनको नजिक पुगेको छ ।

सिटीले अझै भंग गर्ने सक्ने किर्तिमान
१. सबैभन्दा धेरै अंक (पूर्व किर्तिमान – ९५, चेल्सीले सन् २००४–०५ मा बनाएको)

२. सबैभन्दा धेरै जीत (पूर्व किर्तिमान – ३०, चेल्सीले सन् २०१६–१७ मा बनाएको)

३. सबैभन्दा धेरै गोल (पूर्व किर्तिमान – १०३, चेल्सीले सन् २००९–१० मा बनाएको)

४. सबैभन्दा धेरै जीतको अन्तर (पूर्व किर्तिमान – १८ अंक, म्यान्चेस्टर युनाइटेडले सन् १९९९–०० मा बनाएको)