काठमाडौं–मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।


ADVERTISEMENT


झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय बेलबारीले दुर्घटनाको पुष्टि गर्दै केहीको अवस्था गम्भीर रहेको जनाएको छ । यद्यपि, कतिजनाको अवस्था गम्भीर छ भन्नेबारे खुलेको छैन ।

प्रहरीका अनुसार घाइतेको उद्धार गरेर धरान, विराटनगर, इटहरी लाने तयारी भइरहेको छ । माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।