काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारणले मंगलबार देशभर मौसम बदली भएको जानकारी दिए । गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।
उनले अहिलेका वर्षाले कुनै असर नपर्ने भएपनि । बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको उनले जानकारी दिए ।
हिमाली भेटमा बढी हिमपात हुने देखिएकाले सतकर्ता अपनाउनुपर्ने बिभागले जनाएको छ । पोखरेलले पोष्ट मनसुन नेपालका लागि राम्रो मौसमको समय भए पनि बेला बेला बंगालको खाडी वा अरब सागरमा बन्न चक्रवातले सामान्य वर्षा हुने गरेको बताए ।
अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर सकिएपछि दुई तीन दिनपछि अर्को चक्रवातका कारण मौसममा बदली हुन सक्ने बिभागले जनाएको छ ।


























































