प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज।सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याज नभइ हुँदैन।त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन।


ADVERTISEMENT


हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा फाइदै फाइदा छन्।


ADVERTISEMENT

# # #


यस्ता फाइदा हुन्छन् :

– नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।

– काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।

– सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।

– प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।

– प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।

– खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।

– नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।

– यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।

– रक्तसंचारको मात्रालाई नियन्त्रित गर्छ।

– कोलेस्ट्रोललाई नियन्त्रित गर्छ।