एजेन्सी– अफगानिस्तानको काबुलमा दुईवटा आत्मघाती बम विस्फोट भएका छन्। विस्फोटमा पाँच पत्रकार सहित कम्तीमा २५ को मृत्यु भएको अफगानिस्तानको अधिकारीलाई उदृत गर्दै सीएनएनले जनाएको छ । यस्तै घटनामा २७ जना घाइते भएका छन् । काबुलको शशदारक क्षेत्रमा भएको विस्फोटमा घाइतेको उद्दार गरिरहेको अवस्थामा दोस्रो विस्फोट भएको जनाएको छ।


ADVERTISEMENT


अफगानिस्तानका स्वास्थ्य मन्त्रीले विस्फोटमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। विस्फोट भएको ठाउँ प्रहरीले नियन्त्रणमा लिएको छ।विस्फोटको कारण भने खुल्न सकेको छैन्।


ADVERTISEMENT

# # #


स्मरण रहोस् १५ दिनमा अफगानिस्तानमा छवटा आक्रमण भएका छन्। एक हप्ता अघि अफगानिस्तानमा बम विस्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो भने १२९ जना घाइते भएका थिए।