काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


पार्टी एकीकरण भएपछि पार्टीेका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो । सरकारले आजै संविधान संशोधन प्रस्ताव टेबुल गराउँदैछ तर प्रमुख विपक्षी नेकपा एमालेले यसको विरोध गरेकाले संशोधनका लागि बहुमत ल्याउन सत्ता पक्षलाई ४ मतको कमी दखिएको छ ।

यसका लागि प्रधानमन्त्री प्रचण्ड तथा नेपाली कांग्रसका सभापती शेर शहादुर देउबा दौडधूप गरिरहेका छन् भने एमाले संशोधन रोक्नका लागि जरैदेखिको बल निकालि रहेको ।