तेह्रथुम– तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आज बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।