काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको सोमबार बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । हाल नबिल बैंकको सिनियर डिसिओ रहेका शाक्यले यसअघि कामु सीईओको जिम्मेवारी समेत निर्वाह गरी सकेका छन् ।


ADVERTISEMENT

# # #


बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् । यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्यौपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएपति सीईओको पद रिक्त रहेको थियो ।