काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला थापागाँउमा सुरु भएको छ । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् ।
विशेष महाधिवेशन माग्दै असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी छन् ।



























































