काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बुधबार गोँगबुस्थित नयाँ बसपार्क टिकट काउण्टर परिसरमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।
बुधबार नयाँ बसपार्क पुगेर मन्त्री खरेलले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् ।
मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ ।



























































