काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद पुर्नस्थापना गरि संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानविन गरि कारवाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानविन गरी कारवाही हुनुपर्ने धारणा राखे ।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दाबी गरे ।