काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनका लागि आइतबार दिउँसो तीन बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको एमालेले सम्पादन कार्य पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरेको जनाएको छ ।


ADVERTISEMENT


घोषणापत्र तयार भएपनि सम्पादन कार्य पुरा नभएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको प्रचारविभाग सचिव विष्णु रिजालले जानकारी दिए । एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने लगायतका विषय उल्लेख छन् ।


ADVERTISEMENT

# # #


साथै मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको एमालेको घोषणापत्रमा उल्लेख गरेको छ ।