जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ । प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए ।


ADVERTISEMENT


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ ।

सफाइ कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सहभागी रहेको थियो ।

मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । उनको स्वागतको लागि तीव्र गतिमा तयारी भएसंगै जनकपुरबासीले बीस बर्षमा हुन नसकेको काम मोदी आउने भएपछि १० दिनमै भयो भन्ने टिप्पणी गर्न थालेका छन् ।

जनकपुर महत्वपूर्ण धार्मिक स्थल भए पनि सरसफाइ र विकास निर्माणको लागि पटक पटक जनकपुर उपमहानगरपालिकालाई आग्रह गर्दासमेत काम नभएको गुनासो सर्वसाधारणको छ ।