काठमाडौ– मधेशको बुद्धिजीवि तथा लेखकको रुपमा परिचित तुलानारायण साह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालको केन्द्रीय समितिको बैठक चलिरहेकै बेला उनी एक कार्यक्रमका बीच फोरम नेपालमा प्रवेश गरेका हुन् । उनलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।


ADVERTISEMENT


नागरिक समाजको हैसियतले सविधान निर्माणमा भूमिका खेलेको र अब त्यो कोर्स समाप्त भएकाले राजनीतिक भूमिकामा रहेर मधेशको हितमा काम गर्न फोरम नेपाल रोजेको तुलानारायण साहले बताए ।
उनको पृष्ठभूमि काँग्रेस हो । उनले काँग्रेसमा रहेको बेला जयप्रकाश गुप्ताको प्रेस सहयोगीको रुपमा समेत काम गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले इन्जिनियरिङ्ग तहसम्म पढेका छन् । पत्रकारिता समेत गरेका साहले इन्जिनिरिङ्ग पढे पनि उनले हाल एक गैरसरकारी संस्था चलाई रहेका छन् । उनी हाल नेपाल मधेश फाउण्डेशनमा आबद्ध छन् ।