काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


निर्देशनलगत्तै बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी जीवन बञ्जाडे र पदम गाहामगर पक्राउ परेका छन् । बञ्जाडे उपाध्यक्ष र गाहा मगर महासचिव हुन् ।


ADVERTISEMENT

# # #


रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

यस्तो सेवा प्रभावित गर्नेलाई ६ महिना कैद र २ महिना जरिबाना हुन सक्नेछ । गृहमन्त्री थापाले शुक्रबार बिहान गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका थिए ।

यी पनि पढ्नुस्

सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

धमाधम पक्राउ पर्दै यातायात व्यावसायी, महासचिव सिटौला पनि समातिए

जिल्ला छाड्दै कास्कीका यातायात व्यावसायीले भने, ‘सक्छौ भने पक्राउ गरेर देखाऊ’