मकवानपुर–जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेमा बाघको त्रास फैलिएको छ । स्थानीय जितबहादुर सुनारको बाख्राको खोरमा पसेको बाघ बाहिर निस्कन नसकेपछि गाउँमा त्रास फैलिएको हो ।


ADVERTISEMENT


स्थानीयले दिएको जानकारी अनुसार, खोरमा पसेर २ बाख्राको सिकार गरेर बाघ बाहिर निस्कन सकेको छैन ।


ADVERTISEMENT

# # #


बाघ खोरमै थुनिएपछि अहिले निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी बाघलाई नियन्त्रणमा लिन घटनास्थल पुगेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसंग आसपासका बस्तीमा त्रास फैलन थालेको छ । गत चैत १२ गते मात्रै स्थानीय सरस्वती बर्तौलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।