काठमाडौं–चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ । नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो ।


ADVERTISEMENT


निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ ।

यो गत आर्थिक वर्षको भन्दा करिब १० अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा कुल एक खर्ब आठ अर्ब रुपैयाँको इन्धन आयत भएको थियो ।

गत आर्थिक वर्षमा कुल २२ लाख २९ हजार ७४० किलो लिटर इन्धन आयात भएको थियो । आव २०७०/७१ मा एक अर्ब ६४ करोड रुपैयाँको १४ लाख ४० हजार ९३५ रुपैयाँको इन्धन आयत भएको थियो ।