काठमाडौं–संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।


ADVERTISEMENT


संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको आइतबार पहिलो बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले दुई साताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गरेकी थिइन् ।

जेठ पहिलो सातासम्म नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने कार्यसूची छ । जेठ १५ मा बजेट प्रस्तुत हुनेछ । – आजको कान्तिपुरबाट