रत्ननगर, चितवन– नेकपा (एमाले)ले भरतपुर महानगरको प्रमुख पदमा पार्टीका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


एमालेको सोमबारको बैठकले भरतपुर महानगरको प्रमुखमा केन्द्रीय सल्लाहकार ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए । यसअघि गत वैशाख ९ गते एमाले चितवनले प्रमुखका लागि नेताहरु विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्कीको नाम केन्द्रमा पठाएको थियो ।


ADVERTISEMENT

# # #


ज्ञवाली पार्टीका केन्द्रीय सल्लाहकार, सुवेदी प्रदेश सदस्य हुन् भने श्रेष्ठ पूर्वमन्त्री भइसकेका नेता हुन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी दुवैजना उम्मेदवार भएका थिए । देवी ज्ञवालीसँग विगतको उपप्रमुख बनेको अनुभव छ ।

यसअघि एमालेले चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको छ । यस्तै, खैरहनी नगरपालिकाको प्रमुखमा पूर्वसांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया, राप्तीमा प्रभा बराल र इमानसिंह लामा, कालिकामा खुमनारायण श्रेष्ठ तथा कमला भट्टराई प्रमुख र उपप्रमुख उठाउने निर्णय गरेको छ ।