काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी छन् ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले सोमबार नै पशुपति क्षेत्र विकास कोषसञ्चालक परिषद् बैठक बोलाएकी थिइन् ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखिन् ।