गाईघाट–उदयपुरको चिम्चुङबुङ गाउँपालिकाका लेखापाल भारतमा पक्राउ परेका छन् । वैशाख १९ गतेदेखि सम्पर्कबिहीन बनेका लेखापाल दिपेश भण्डारी भारतको सिलगुढीमा पक्राउ परेका हुन् ।


ADVERTISEMENT


“पक्राउ परेका भण्डारी के कस्तो अभियोग लगाइएको छ, अहिलेसम्म जानकारी छैन्,” प्रजिअ बिष्णु कार्कीले भने, “बुझ्ने प्रयास भइरहेको छ, भोलिसम्म जानकारी आउन सक्छ।” “घटनाको बारेमा जानकारी लिन काकरभिट्टा प्रहरीसँग समन्वय भइरहेको छ।”


ADVERTISEMENT

# # #


घटनाको बास्तविकता आइनसकेकाले त्यसबारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय उदयपुरसँग सहयोग मागिएको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए। “किन के कामले जानु भएको थियो, त्यो थाहा छैन,” उनले भने, “१९ गते कुराकानी भएको थियो, पछि एकैचोटी भारतमा पक्राउ परेको भन्ने जानकारी आयो।”

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीले झापा जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरेर पत्ता लगाउने काम भइरहेको बताए।