काठमाडौँ– बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि   काठमाडौं महानगरपालिकाको मेयरमा साझा पार्टी र विवेकशील नेपाली पार्टीले उमेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीकी रन्जु दर्शनाले मेयरमा उमेदवार दर्ता गराएका हुन् । साझा पार्टीले उपमेयरमा निरुपमा यादवको उमेदवारी दर्ता भएको छ ।


ADVERTISEMENT

# # #


कान्छी मेयरका रुपमा यस अघि नै चर्चाको शिखरमा पुगेकी विवेकशील नेपाली दलकी रञ्जु निर्वाचमा आफु विजयी हुन भरपुर कोशिस गरिरहेकी छन् भने करिब ३२ वर्ष सरकारी नोकरी सफलतापूर्वक निर्वाह गरेका किशोर थापा साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेद्वारका रुपमा उठेका छन् ।

यता कांग्रस र एमालेले अझै काठमाडौँको मेयरको लागि उम्मेद्वारा मनोनयन गर्न सकेका छैनन् भने माओवादी केन्द्रले सर्वोत्तम डङ्गोललाई मयरका लागि बनोट गरेको छ ।