कार्तिक – भारतीय सरकारको आर्थिक सहयोगमा विभिन्न १० जिल्लाका ११ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढेको छ । जसका लागि सोमबार काठमाडौँमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयसहितका परियोजना कार्यान्वयन निकाय र भारतीय राजदूतावासबीच सम्झौता भएको हो ।
कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न १० जिल्लामा निर्माण हुने यी परियोजनाहरु शिक्षा, स्वास्थ्य र सरसफाई क्षेत्रसम्बन्धी रहेका छन् । भारत सरकारको १ अर्ब १६ करोड नेपाली रुपैयाँ अनुदान सहयोगमा यी परियोजनाहरुको निर्माण प्रक्रिया अघि बढ्ने भारतीय राजदूतावासले जनाएको छ ।
नेपालमा सोमबार सुरु गरिएका ११ वटा परियोजनाहरूसहित भारत सरकारले हालसम्म ५९० उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। यी परियोजनाहरू नेपालका सबै ७ वटा प्रदेशहरूमा फैलिएका छन् जसको संचित लागत १५ अर्ब भन्दा बढी रहेको छ ।


























































