काठमाडौँ – सानिमा बैँक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैँकको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


आचार्यको नियुक्ति आगामी माघ १२ गतेदेखि लागू हुने बैँकले जनाएको छ । आचायले २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रही बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् ।


ADVERTISEMENT

# # #


हाल उनी सानिमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् ।

यसबाहेक पनि वनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआईटी जैपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।

उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुने विश्वास लिइएको बैँकले जनाएको छ ।