काठमाडौं–कृष्णसारको शिकारको मामलामा जोधपुरबाट जमानत पाएपछि बलिउड नायक सलमान खान सोमबार पुनः अदालतमा पेश हुँदैछन् । यो सुनुवाइको क्रममा उनका वकिलले अदालतसँग सलमान खानको सजायँ रद्द गर्न आग्रह गर्नेछन् ।


ADVERTISEMENT


स्मरण रहोस्, यसमा सलमानलाई दोषी पाइएको छ र उनलाई पाँच वर्षको सजायँ सुनाइएको थियो । यो घटना सन् १९९८ को हो ।


ADVERTISEMENT

# # #


फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानले कृष्णसारको शिकार गरेको पुष्टि भएको थियो । यद्यपी, उनलाई सजायँ सुनाइएको दुई दिन पछि नै उनले जोधपुर अदालतबाट जमानत पाएका थिए ।

सलमानबाहेक अन्य आरोपी तब्बू, सेफ अली खान, निलम कोठारी र सोनाली बेन्द्रेलाई निर्दोष पाइएको थियो । सलमानलाई सन् २००६ मा पनि यो मुद्दामा दोषी पाइएको थियो तर एक वर्षपछि नै उनको सजायँ रद्द गरिएको थियो र सन् २००८ मा उनीविरुद्ध पुनः मुद्दा दर्ता भएको थियो ।