काठमाडौं–रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । यो सिजनको अन्तिम एल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोना बिचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो । स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ ।


ADVERTISEMENT


रियल मड्रिडले गएको डिसेम्बरमा भएको एल क्लासिकोमा बेहोरेको हारको बदला लिन नसके पनि पराजयबाट भने जोगियो । आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोनाले रियल मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो ।


ADVERTISEMENT

# # #


दोस्रो हाफको पुरै ४५ मिनेट बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका सर्गी रोबर्टो रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । रोबर्टोले रियल मड्रिडका डिफेन्डर मोर्सेलोलाई झापड हानेको भन्दै रेफ्रिले रातो कार्ड दिएका थिए ।

खेलको १० औं मिनेटमा लुईस सुवारेजको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेन । त्यसको चार मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

१० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि अग्रता लियो । खेलको ५२ औं मिनेटमा मेसीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ७२ मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काउँदै पराजयबाट बचाए ।

रियलका रोनाल्डो घाइते भएका कारण दोस्रो हाफ खेल्न सकेनन् । गोल गर्ने क्रममा गोलीगाँठो बाङ्गीएकाले रोनाल्डो दोस्रो हाफमा खेल्न नसेका हुन्। उनको स्थानमा एसेन्सिओ आएका थिए ।

यो बराबरी बार्सिलोनाका लागि जित सरह हो । लिगका ३५ खेल भइसक्दा उ पराजित भएको छैन । अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो ।