काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले तीनवटा विषय छाडेर एमालेसँग पार्टी एकता गर्न नसकिने बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले एकताबारे सोधेको प्रश्नको जवाफ दिदै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डालाई छोडेर पार्टी एकता हुन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


एमाले–माओवादी पार्टी एकता प्रकृया अन्तिम चरणमा पुगेका वेला अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आएको हो ।

‘ज जसले जे जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले माओवादी एकता हुन सक्दैन, हामी यी तीन विषयमा कम्परमाइज गर्न सक्दैनौ’ प्रचण्डको भनाई उदृत गर्दै वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले रातोपाटीसँग भने,‘परिवर्तनका एजेण्डामा एमाले नेताहरु सुध्रन जरुरी छ ।’

उनले माओवादी आन्दोलन र एजेण्डालाई अपमान गर्न खोजिए देश दुर्घटनामा पर्ने भन्दै युवाहरुलाई त्यसतर्फ सचेत रहन आग्रह पनि गरे । ‘एकता गर्नुपर्छ तर, अपमान र असमान ढंगले एकता हुदैन, विचार र राजनीति छाडेर पनि एकता सम्भव छैन, मानिस बुढो भएपनि विचार कहिल्यै बुढो हुदैन ’ अध्यक्ष प्रचण्डको भनाई थियो ।